समाचार « Khabarhub

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार प्रशिक्षण आगामी चैत ३ र ४ गते काठमाडौँमा आयोजना गरिनेछ । सूचनाअनुसार नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षणका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण कार्यक्रम दुवै दिन बिहान १० बजेदेखि सुरु हुने…