Live on
Your Voice, Your Power
हेटौंडा– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।