समाचार « Khabarhub

सभामुख निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो । बैठकको अध्यक्षता गरेका ठाकुरले शुरुमा उपसभामुख शिबमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।…