समाचार « Khabarhub

संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहालमा पुनः स्थापना गर्ने

काठमाडौं- वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो शुक्रबार पुनः स्थापना गर्ने निर्णय भएको छ ।  विसं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ ।  यसरी राखिएको तोरण पुनः स्थापनाका लागि आज काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरूको बैठकले, थिंलाथ्व…