समाचार « Khabarhub

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो । एमालेले वर्तमान सुशीला कार्कीको सरकार संवैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी