समाचार « Khabarhub

विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ

काठमाडौं– विभिन्न मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । नेपाल प्रहरीले गरेको चेकजाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको टोलीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले ४८ वर्षका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, उनीहरुका १४ र ४ वर्षका छोरीहरु तथा ११ वर्षका छोरालाई नियन्त्रणमा लिएको छ ।…