Live on
Your Voice, Your Power
स्याङ्जा - कालीगण्डकी गाउँपालिका मिर्मीको कालीगण्डकी तालमा जलयात्रामा रमाउनेको संख्या बढ्दै जान थालेको छ । नेपाल भ्रमण वर्षको सुरुवात भएसँगै मिर्मी आँधि मुहानदेखि सेतीबेनीसम्मको करिब सात किलो मिटरको जलयात्रा गर्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ । तालमा डुंगा सयर गर्दै मनोरम दृश्य, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीको मज्जा लिन आन्तरिक पर्यटकको चाप बढ्न थालेको बताइएको छ…