समाचार « Khabarhub

चिलीमा कर्फ्यू, कारखानामा लुटेराले आगो लगाइदिँदा पाँच जनाको मृत्यु

एजेन्सी– चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ। मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका बीबीसीले जनाएको छ । मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म…