Live on
Your Voice, Your Power
काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज बिहान शान्त रहेको छ । प्रदर्शनका क्रममा हिजो भएको तोडफोड तथा इँटा र ढुङ्गा छरपस्ट सडकमा मानिसको उपस्थिति फाट्टफुट्ट मात्रै रहेको छ । उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहान साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु समेत लगाएको छ ।