फोटो फिचर « Khabarhub

गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

काठमाडौं- गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए । गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरू राखिएको थियो ।  ११ वटा दमकल सहित तीन वटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।…