राजनीति Archives | Page 1166 of 2131 | Khabarhub Khabarhub

दोब्बर मूल्यवृद्धिले जनताको ढाड सेक्यो : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका छन्। मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झन्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ बताएका हुन्।  महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए।