राजनीति « Khabarhub

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे,घनश्याम भुसालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।