राजनीति « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव गरेका छन् । बिहीबार कांग्रेसको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् ।  उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई महाधिवेशनमा लैजाने विषयमा छलफल भएको थियो । साे बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्।