राजनीति « Khabarhub

बैठकमा नआउने सांसदको नाम सार्वजनिक

काठमाडौँ– प्रतिनिधिसभाको धेरै बैठकमा सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन् । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए ।…