Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरिएको जानकारी दिए । जेठ ३१ गतेको बैठकको निर्णय अनुसार ओझा नियुक्त भएका हुन् । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।…