राजनीति « Khabarhub

स्वास्थ्यमन्त्री यादवद्वारा भाजपाका महासचिवसँग भेटवार्ता 

काठमाडौं– भारतको भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका छन् । भाजपा कार्यालय पुगेर उनले भाजपाका महासचिव राम माधवसँग भेटवार्ता गर्दै दुई पक्षीय हितका विषयमा कुराकानी गरेको जनाइएको छ । उनी स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा भाग लिन गएका थिए । यादव शुक्रबार काठमाडौं फर्किनेछन् ।