Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ । ५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् । यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए । सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।