स्टोरी « Khabarhub

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका ढड्डामा राता, काला मसीको कोलाजमा खेल्नुपर्ने पहिलो र अन्तिम प्राथमिकतामा जीवनका दशकौं समय बिते । अझ प्रमुख जिल्ला अधिकारीजस्तो हाकिमहरुको पनि हाकिम भूमिका निर्वाह गर्नुपर्ने अर्धन्यायिक अधिकार बोकेको पदको बोझले त समय बाँड्ने छुट नै दिँदैनथ्यो । शान्ति सुरक्षा, मानिसका गुनासा, केन्द्रका निर्देशन, हिङदेखि हर्दीसम्मको…