Uncategorized « Khabarhub

नेपाल फुटबलको फाइनल नजिक, बंगलादेश विरुद्ध पहिलो गोल

काठमाडौं– नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ । आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो । सुनिल बलले नेपालका लागि गोल गरेका थिए । फाइनलमा पुग्नका लागि नेपाललाई कम्तीमा बराबरीको आवश्यकता छ । सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।