Live on
Your Voice, Your Power
मकवानपुर- मकवानपुर जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा बिहीबार आएको नतिजामा ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ । कोरोना संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।