देश/प्रदेश Archives | Page 565 of 2048 | Khabarhub Khabarhub

खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

बझाङ-  बझाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्। धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास गरिरहेको छ।