इनसाइट/स्पेशल « Khabarhub

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक–१०, मिलनचोकमा रहेको मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट दिने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा औपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १०प्रतिशत छुट दिने भएको हो ।