समाचार Archives | Page 4220 of 8330 | Khabarhub Khabarhub

म्यानमार र मलेसियाका राजदूतले लिए शपथ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। उनले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराएकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थिति रहेका थिए ।