समाचार « Khabarhub

कोरोना संक्रमणबाट कांग्रेस नेता तिमिल्सिनाको मृत्यु

चितवन – नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको अस्पतालले जनाएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो ।…