समाचार « Khabarhub

स्वीस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट

काठमाडौं- स्वीस सरकारले नेपाललाई ४० हजार कोरोना परीक्षण पीसीआर टेष्ट कीट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर कीट सहयोग गरेको हो । ४० हजार कीट मध्ये २० हजार कीट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ…