दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक, प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्य हेरफेर, मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर, एक महिनापछि चल्यो सदन, सुन तस्करीका बिचौलियाको सूचना मसँग छ : रवि लामिछाने धादिङ बस दुर्घटनाका मृतक चार जनाको सनाखतलगायतका समाचारले मुख्य स्थान पाए ।

दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका थिए ।

अमेरिकी राजदूत थम्पसन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राजदूत थम्पसन सभापति लामिछानेलाई भेट्न रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए ।

एक महिनापछि चल्यो सदन

एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।

प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्य हेरफेर

प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका छन् ।

सुन तस्करीका बिचौलियाको सूचना मसँग छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा उच्च तहका नेता, पूर्वएआईजीपी र पत्रकारहरू पनि मुछिएको सूचना आफूसँग रहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए हुन्।

मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो ।

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

धादिङ बस दुर्घटना : मृतक चार जनाको सनाखत

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ।

सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी(११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

महिला टी-ट्वान्टी आई सिरिज : नेपालद्वारा कुवेत पराजित

चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

बुधबार नेप्से उकालो

बुधबार नेप्से परिसूचक उकालो लागेको छ । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ विन्दुमा पुगेको छ ।

३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा बुधबार १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ०१ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद