आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए।

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै उनले नेपाल श्रीलंका नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए।

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक छ भने।

उनले भने ‘मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।’ यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन् ।

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने– ‘इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यस बेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद् आउँदा तत्काल उद्धार गर्नेहरू लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौँ । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ ।’

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् ।

बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजश्वका दरहरू हेरफेर गर्दा सरोकारवालाहरूसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो ।

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर करिब १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त परिमाणको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिइन् ।

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।

राप्रपाको बिहिबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औँल्याएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक अर्को सत्तारुढ नेकपा एमालेको अडानका कारण स्थगित गरिएको हो।

सोडारीले विश्वासको मत लिन भनेर संसद् बैठक अब शनिबार साँझ साढे ५ बजेसम्मलाई स्थगित गरिएको हो ।

प्रदेश संसद सचिवालयले शुक्रबार अपरान्ह एक सूचना निकालेर शनिबार साँझ ५ बजेसम्मलाई बैठक स्थगित गरिएको जनाएको छ ।

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका एउटा समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेको समयमा बा ४ ख १०८५ नम्बरको बसमा आएको एक समूहले सीजी फुड्स पार्कमा कार्यरत कर्मचारीलाई हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले बताए ।

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह साढे १२ बजे दमकस्थित स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर घर फर्किँदै थिइन् ।

जब उनी दमक नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सडक किनारमा पुगिन् तब उनलाई सिधै लाग्ने गरी ताकेर एक युवकले गोली चलाए ।

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका लागि भएको खुलेको छ ।

एक महिना लामो अनुसन्धानपछि उक्त हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुईजनालाई प्रहरीले बिहीबार सदरमुकाम कुश्मामा सार्वजनिक गरेको छ ।

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन् ।

भारतका प्रधानन्यायाधीश डाचन्द्राच्युडसहितको प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको हो । भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरे।

अन्तर्राष्ट्रिय…

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’को रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । मारखोर पाकिस्तानको राष्ट्रिय जनावर हो र यसलाई अङ्ग्रेजीमा स्क्र्युू–हर्न गोट पनि भनिन्छ ।

उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मारखोर दिवस विश्वव्यापी रूपमा मनाउन आह्वान गरेको र समग्र पारिस्थितिकीय प्रणालीमा मारखोरको भूमिकालाई ध्यानमा राख्दै त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग अभिवृद्धि गर्नका लागि सबै सरोकारवालाहरूलाई उचित ध्यान दिन आमन्त्रण गरेको छ ।

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ ।

सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् ।

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो ।

टर्कीले इजरायल संलग्न आयात र निर्यात सबै उत्पादनहरू सहित रोकिएको घोषणा गरेको हो ।

खेलकुद…

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो ।

आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ । ३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड(ईसीबी) र क्यारेबियन प्रिमियर लिग ९सीपीएल० ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आइसीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : १५ बजे

मुस्ताङको पर्यटन विकासमा निषेधित क्षेत्रको तगारो

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव

लन्डन – नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौं – विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका