आजका समाचार : लाग्यो दशैँ, नखुल्ने भयो बीपी राजमार्ग र नेपालको बिजुली बङ्गलादेश जाने  | Khabarhub Khabarhub

आजका समाचार : लाग्यो दशैँ, नखुल्ने भयो बीपी राजमार्ग र नेपालको बिजुली बङ्गलादेश जाने 


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता

नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता भएको छ।

यससँगै नेपालले अब भारतपछि पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पक्का भएको छ। दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको हो ।


यसअघि नै हुने भनिएको यो सम्झौता बङ्गलादेशको राजनीतिक परिवर्तनका कारण रोकिएको थियो ।

यो सम्झौताका लागि बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन काठमाडौँ मा रहेकी छन् ।

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको भेट, सहकार्य बढाउने विषयमा छलफल

भोलिबाट श्री एयरलाइन्सले काठमाडौँ-भरतपुर उडान भर्ने

कृषकका उत्पादनको बजारीकरण सरकारले गर्छ : मन्त्री भण्डारी

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग

हनुमानढोकास्थित दशैँघरमा जमरा राखियो (तस्बिरहरू)
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा तथा दशैँघरमा विधिपूर्वक जौको जमरा राख्ने गरिन्छ ।


आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

राष्ट्रपति भवनमा घटस्थापना

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन

घटस्थापनाका दिन बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

मिथिलामा ‘दशहरा’ पर्व सुरु

भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् ।

बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।


विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो ।

भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्। पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् । पूर्वराजा शाह आगामी आइतबार स्वदेश फर्किने तालिका छन् ।

(तस्बिरहरू)

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

बडादशैँको आगमनसँगै नयाँ बसपार्कमा बढ्यो गाउँ फर्किनेको चहलपहल (तस्बिरहरू)

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल
लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला काभ्रेमा मात्रै ७० जनाको मृत्यु भएको देखिएको छ ।

काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार काभ्रेका विभिन्न १० पालिकाहरूमा बाढीपहिरोबाट ७० जनाको मृत्यु भएको देखिएको हो ।


जसमध्ये ३१ महिला, २५ पुरुष, ८ बालक र ६ बालिका रहेका छन् । काभ्रेमा बाढीपहिरोमा परी काभ्रेमा ७५ घाइते र ६ जना बेपत्ता भएका प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै

बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

बीपी राजमार्गसहित यी सडकखण्ड अझै अवरुद्ध (सूचीसहित)

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार

चीनमा युवा बेरोजगारी दर यस वर्षकै उच्च
चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार युवा बेरोजगारी १८.८ प्रतिशतरहेको छ ।

त्यसअघि सन् २०२३ को जुन महिनामा युवा बेरोजगारी दर २१.३ प्रतिशत पुगेको थियो । पछि ब्युरोले तथ्यांक निकाल्ने पद्धतीमा संशोधन गर्दै अध्ययन गर्ने तहका युवाहरूलाई समेट्न छाडेको थियो ।

जापानका प्रधानमन्त्रीले ‘ह्याप्पीनेस इन्डेक्स’को योजना सार्वजनिक गर्ने

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण बढ्यो

बीएलएफको आक्रमणमा बलुचिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु

बङ्गलादेशले भारतसहित पाँच देशका राजदूत फिर्ता बोलायो

गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ७ : ५८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा