आजका समाचार : सभामुख घिमिरेकाे बैठक कक्षको अवलोकनदेखि महानगरको डोजरसम्म | Khabarhub Khabarhub

आजका समाचार : सभामुख घिमिरेकाे बैठक कक्षको अवलोकनदेखि महानगरको डोजरसम्म


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन, सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस, एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट, महानगरले आलोकनगरमा चलायो डोजर, यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरालगायतका समाचारले प्रमुख स्थान पाए।

संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन

संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितको टोलीले बैठक कक्षको अवलोकन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी बैठक आह्वान गरेका छन् ।

  • संसद्को अधिवेशन : १५ दिनको समयसारिणी बनाएर अघि बढ्ने

सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस

विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

आदिवासी जनजातिको सीपलाई संरक्षण गर्न पहल गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरी राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् ।

आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’ मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने स्पष्ट पारे ।

सांसदलाई एमालेको निर्देशन : संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्नू

 

नेकपा एमालेले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दुई दिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरेको बताइएको छ ।

एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट

नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो ।

बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन् ।

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरुआत गर्ने भएको छ । आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट शुभारम्भ गर्दैछन् ।

‘राष्ट्रव्यापी दबाब अभियान’ को मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिइन् ।

महानगरले आलोकनगरमा चलायो डोजर

काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ ।

महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो ।

खेलकुद…

यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्।

यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा तीन अङ्क जोडेको छ ।

अन्तर्राष्ट्रिय…

श्रीलङ्का अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले मुलुक अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको बताएका छन् । आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति विक्रमासिङ्घेले विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको मुलुकको आर्थिक सङ्कट बिस्तारै सुधार आइरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि मुलुकको अर्थतन्त्रमा सकारात्मक नतिजा आएको उनले बताए । राष्ट्रपति रानिल विक्रमासिङ्घेले ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’ को स्मरण गर्दै परम्परागत रूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताए ।

नामिबियाका राष्ट्रपति जिन्गोबको निधन

नामिबियाका राष्ट्रपति हागे जी. जिन्गोबको निधन भएको छ । राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी वाइन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ८२ वर्षीय राष्ट्रपति गिन्बोब क्यन्सर रोगबाट पीडित थिए ।

‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछौँ– प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आज आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण

अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ । यसअघि शुक्रबार अमेरिकाले सिरिया र इराकमा इरान समर्थित लडाकुलाई लक्षित गरी हमला गरेको थियो  ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ५७ बजे

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने