आजका समाचार : रातो मच्छिन्द्रनाथको भोटो देखाइयाे, सुदूरपश्चिममा दोहोरिए कमल शाह, रास्वपाका नेता बसमा | Khabarhub Khabarhub

आजका समाचार : रातो मच्छिन्द्रनाथको भोटो देखाइयाे, सुदूरपश्चिममा दोहोरिए कमल शाह, रास्वपाका नेता बसमा


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो(तस्बिरहरू)

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।

आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्रनाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ ।

एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आइतबार पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले उनीहरूलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीभित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् ।

आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् ।

शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन् ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् ।

रास्वपाका सांसद र नेताले निजी गाडी थन्क्याए, पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले शनिबारबाट पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका छन् ।

पार्टी कार्यालयमा निजी गाडीहरू छोडेर नेता तथा सांसदहरूले पाँच दिनसम्मलाई सार्वजनिक यातायात चढ्न थालेका छन् ।

सुदूरपश्चिमको‍ मुख्यमन्त्रीमा कमल शाह दोस्रो कार्यकाललाई नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् ।

नेकपा (एमाले) को समर्थनमा शाहले आइतबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

 

प्रधानमन्त्रीसँग खटपटपछि कुलमानलाई अख्तियार, सीआईबी र राजस्व अनुसन्धान लगाउने योजना

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाउने निष्कर्षसहितको प्रतिवेदन संघीय संसद्को सार्वजनिक लेखा समितिले तयार पारेको छ।

नेकपा एमालेका सांसद ऋषिराज पोखरेल सभापति रहेको समितिले अर्बौँ बक्यौता नतिरेपछि लाइन काटिएका उद्योगमा बिजुली जोड्नु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयनमा अटेरी गरेको भन्दै घिसिङलाई अख्तियार लगाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको हो ।

नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्ने गरी कार्य तालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो, देशभर कर्फ्यु र इन्टरनेट बन्द

तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु

मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

प्रधानमन्त्रीले गरे टियु क्रिकेट मैदान बारे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल

ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ०५ बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत