आजका समाचार : काेशीका मुख्यमन्त्रीमा हिक्मत कार्कीदेखि खबरहबमा आर्थिक बहससम्म | Khabarhub Khabarhub

आजका समाचार : काेशीका मुख्यमन्त्रीमा हिक्मत कार्कीदेखि खबरहबमा आर्थिक बहससम्म


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एकअर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन् ।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन्।

बिहीबार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

कोशीमा हिक्मत कार्की बने तेस्रो पटक मुख्यमन्त्री

कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अर्को एउटा समूह बाहिरिएको छ ।

विभाजित समूहको नेतृत्व महेन्द्र पी लावतीले गरेका छन् । उक्त समूहले आफूहरूलाई पहिचानवादी मोर्चाका रुपमा अघि सारेको छ ।

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

संविधान कार्यान्वयन भए मात्रै वास्तविक लाेकतन्त्र आउछ : सञ्चामन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताइन् ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सरकार रूपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रूपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रूपान्तरणकारी नीति अवलम्बन गर्ने बताएका हुन्।

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे बहस आयोजना गरिएको छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबको संयुक्त आयोजनामा यो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा दुईवटा बैंकका शाखामा तोडफोड

दुर्गा प्रसाईंका कार्यकर्ताहरूले झापाको बिर्तामोडमा बिहीबार दुईवटा बैंकका शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान’अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा सहभागी करिब १५ जनाको समूहले ती दुई बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।

मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री

जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संसदीय दलका नेता भरत साहलाई अर्थमन्त्री नदिएपछि सरकारबाट माओवादी केन्द्र बाहिरिन लागेको श्रोतले जनाएको छ ।

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यसअनुसार योजना बनाउन विश्वविद्यालयहरूका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिइन् ।

सिप मेलामा सहकार्य गर्न डच फाउन्डेसन सोसियल डिपलपमेन्टसँग छलफल

टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरू प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरूले बताएका छन् ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताएका हुन् ।

चिरिबाबुले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।

ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय…

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आएका छन् ।

स्रोतका अनुसार भ्रमणको क्रममा उनले दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् ।

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ उडान रद्द

अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ ।

भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो ।

नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी

२०७७ जेठमा जारी भएको चुच्चे नक्सालाई १०० रुपैयाँ दरको नोटमा राख्ने नेपालको निर्णयप्रति आपत्ति जनाएको भारतले अब पाकिस्तान प्रशासित कश्मिरलाई पनि आफ्नो अहम हिस्सा भनेको छ ।

नेपाल राष्ट्र बैंकले भारतले ओगटिरहेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी चुच्चे नक्सा नोटमा राख्ने कदमले धरातलीय वास्तविकता नफेरिने प्रतिक्रिया भारतीय विदेश मन्त्री एस जयशंकरले केही दिनअघि दिएका थिए ।

खेलकुद…

आइपिएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ ।

यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ । अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : १६ बजे

वैदेशिक व्यापार घट्यो, अघिल्लो वर्षको तुलनामा साढे दुई प्रतिशतले घट्यो आयात

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट– हुम्लाको  जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी