आजका समाचार : प्रचण्ड फर्किए, गृहमन्त्रीलाई केही दिनको राहत र गण्डकीमा कांग्रेसको सरकारलाई विश्वास  | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्ड फर्किए, गृहमन्त्रीलाई केही दिनको राहत र गण्डकीमा कांग्रेसको सरकारलाई विश्वास 


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


13.8k
Shares
  • change font
  • change font
  • change font

दुई दिने भारत यात्रा सकेर फर्किए प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए ।


प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे ।

उक्त अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

भारतबाट फर्किएपछि प्रचण्डले सुनाए ११ बुँदे उपलब्धि, पञ्चेश्वर अघि बढ्ने दाबी

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

प्रचण्डलाई भेटेर जयंशकरले भने : नेपालसँगका सहमति र सम्झौता धमाधम कार्यान्वयन हुँदैछन्

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

‘सवारी दुर्घटना न्यूनीकरण सरकारको प्राथमिकतामा’

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

गृहमन्त्रीविरुद्धको मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो ।


न्यायाधीशद्वयको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय रुपन्देहीले दर्ता गरेको अभियोगपत्र पनि झिकाउन आदेश दिएको छ ।

त्यसैगरी सर्वोच्चले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदन झिकाउन भनेको छ ।

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

पर्सा मालपोतका ७ जना तत्कालीन अधिकृतहरू भ्रष्टाचारको एकै मुद्दामा दोषी ठहर

मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास

संवैधानिक विवाद र तानातानबीच गण्डकी प्रदेश सरकार केन्द्रमा बनेको सत्ता गठबन्धनबाट फुत्किएको छ ।

सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो ।


वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो ।

प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको हो । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए ।

गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने !

मधेस केन्द्रित दललाई एकठाउँमा उभिऔँ : उपाध्यक्ष सोनल

संविधानमा रहेका कमी कमजोरीलाई सच्याउनुपर्छ : उपसभापति वाग्ले

माधव नेपालको अपिल-समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ

सहमतिमा संविधान संशोधन जरुरी : नेता केसी

राजनीतिक स्थिरतका लागि सबै दल एकै ठाउँ आउनुपर्छ : ईश्वर पोखरेल

त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो ।


त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान-अवतरण बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १स्३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

सामुदायिक स्कुलले भाडा लगाएका सटरमा महानगरको ताला

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स

चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत, अन्य कति ?

विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब, भ्रमणमा जानेले कति ?

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ?

१०० रुपैयाँ पर्ने सामान १० महिनामा ४ रुपैयाँ ४० पैसाले बढ्यो

अर्थसंक्षेप

फ्रान्सका राष्ट्रपतिबाट संसद विघटन, दुई चरणमा निर्वाचन
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै उनले जुन ३० र जुलाई ७ गरी दुई चरणमा तल्लो सदन नेशनल एसेम्बलीको निर्वाचन घोषणा गरे ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि उनले आकस्मिक रुपमा संसद भंग गर्ने निर्णय गरेका हुन्।


बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जित हासिल गरेपछि उनले संसद् भंग गरेका हुन् ।

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा

मोदीको पहिलो निर्णय-किसानलाई २० हजार करोड दिने

इजरायलको युद्ध क्याबिनेटका मन्त्री गान्ट्जले दिए राजीनामा

बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा

भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी

युक्रेनको सुमी क्षेत्र रूसी सेनाले कब्जा गरेको छैन : राष्ट्रपति जेलेन्स्की

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ५९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य