आजका समाचार : अर्थमन्त्रीले देखाउन सकेनन् नतिजा, एनपीएलबाट बाहिरियो लुम्बिनी र कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा | Khabarhub Khabarhub

आजका समाचार : अर्थमन्त्रीले देखाउन सकेनन् नतिजा, एनपीएलबाट बाहिरियो लुम्बिनी र कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

प्रमुख सूचनाआयुक्त आयार्चले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

संसदीय समितिमा निरीह बने अर्थमन्त्री पौडेल

भ्रातृ संगठनको महाधिवेशन गराउन देउवाले बनाए निर्देशन समिति

प्रधानमन्त्री भन्छन्- विद्यार्थी फेल हुनु पनि एक प्रकारको अपराध हो

जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : श्रममन्त्री

पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही

बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन्
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ ।

पर्साको वीरगञ्जमा दुई दिन लामो बयान सकिएपछि काठमाडौं ल्याइएका उनलाई बुधबार पोखरा लगिएको हो । बुधबार बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं ल्याएर उनलाई बुद्धर एयरको अन्तिम सीटमा राखेर पोखरा लगिएको हो ।


रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् । रवि हिरासतमा रहेदेखि रास्वापका केही नेता, रविको सचिवालय सदस्य र पत्नी निकिता पनि पोखरामै बस्दै आएकी छन् ।

कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।

आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

सहकारी बचतकर्ताले बुझाए आयोग समक्ष ध्यानाकर्षण

छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प

अस्ताउँदो घाममा मनमोहक हिमाल र काठमाडौं (तस्बिरहरू)

पर्वतको लुङ्खु–हुवास सडक कालोपत्र गरिँदै

‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु

सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद पराजय

नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद पराजय भोगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो । सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।


यसअघि पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको पनि प्रदर्शन निराशाजनक थियो । तर उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई पहिलो हार चखायो ।

सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रिएर दिएको १२४ रनको चुनौती पछ्याउने क्रममा जनकपुर २१।१ ओभरमा अलआउट हुँदे ५१ रनमा सीमित भयो । जारी एनपीएलमा यही नै सबैभन्दा कम स्कोर पनि हो । पोखराले चितवनविरुद्ध ७४ रन बनाएको स्कोर अब दोस्रो सबैभन्दा कम भएको छ ।

लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं

एनपीएलबाट बाहिरियो रोहित नेतृत्वको लुम्बिनी लायन्स

४ विकेट गुमेपछि संकटमा काठमाडौं, जफरले एकै ओभरमा दिए दोहोरो झट्का

लुम्बिनीविरुद्ध दीपेशको घातक बलिङ, दुवै ओपनर र कप्तान सस्तैमा आउट

लुम्बिनीका ८ खेलाडीले बनाउन सकेनन् दोहोरो रन, काठमाडौं १८ रनले विजयी

सुरुमै लड्खडायो लुम्बिनी, ओपनरसहित तीन ब्याटर दोहोरो रन नजोड्दै आउट

सुदूरपश्‍चिमविरुद्ध सुरुमै धर्मरायो जनकपुर, चार ओभरमै गुमायो ५ विकेट

सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य

एनपीएलका दुई शीर्ष टिमको भिडन्त : जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान भइरहेका बेला प्रहरीले बुधबार उनको कार्यालयमा छापा मारेको छ।

जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रूपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गरेका थिए ।


सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ ।

दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीको हिरासतमै आत्महत्या प्रयास

रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

इरानमा चरम वायु प्रदूषण, विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने

विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन सिरियाली नवनियुक्त प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ५० बजे

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ– किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर

पुसमै पाक्यो ‘चैते काफल’

दाङ– चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

झापा– हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका

तौलिया हप्तामा कति पटक धुनुपर्छ, स्वास्थ्यसँग के छ सम्बन्ध ?

काठमाडौं– तौलिया भनेपछि हामी सबै दिमागमा यसको प्रयोगको बारेमा आउँछ

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि