आजका समाचार : कोशी सरकार विस्तारदेखि संघका मन्त्रीको सम्पत्ति सार्वजनिक गरिनेसम्म | Khabarhub Khabarhub

आजका समाचार : कोशी सरकार विस्तारदेखि संघका मन्त्रीको सम्पत्ति सार्वजनिक गरिनेसम्म


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे ।

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

१६औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनःसंरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।

फिर्ता भयो राजनीतिक दलसम्बन्धी विधेयक, विपक्षीहरूलाई अध्यादेशको त्रास

सरकारले संघीय संसद्‍मा विचाराधीन अवस्थामा रहेको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।

प्रदीप यादव र हसिना खानबाहेक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले उक्त निर्णय गरेको हो ।

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद् बैठकमा विपक्षी नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले संसद् भिडन्त गर्ने ठाउँ नभएको उल्लेख गरे ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो । त्यसअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा तीनबुँदे सम्झौताको मस्यौदासमेत तयार भइसकेको थियो । तर, सहमतिको मस्यौदासमेत बनिसकेर पनि परिस्थिति कसरी एकाएक भड्कियो ।

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ ।

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीको पहलमा संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् ।

शुक्रबार बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरू थपेर पठाएको आरोप लगाए ।

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि भइसकेकाे छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसंग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन पनि उद्घाटन गरिएको छ ।

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताएका छन् ।

पूर्वसाेभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरूको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रूसको सधैँ साथ र सहयोग रहँदै आएको बताएका हुन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

 

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख २१ गते अशोक राई नेतृत्वमा भएको पार्टी विभाजनपछि नयाँ यात्रामा निस्किएकाहरूलाई पुरानै घरमा फर्किन अपिल गरेका छन्।

शुक्रबार एक वक्तव्य निकालेर यादवले जसपा, नेपालबाट अलग भएर फरक पार्टीमा लागेकाहरूसँग (अशोक राई) गएका विभिन्न तह र तप्काका नेता र कार्यकर्ताहरूलाई मूलधारमा फर्कि भनेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै हायर पर्चेज कर्जामा विद्यमान रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएर १०० प्रतिशतमा कायम गरेको छ ।

बिहारको मधुवनीमा चुनाव हुने भएपछि मधेसका सीमानाका बन्द हुने

भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारवाही गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारवाही गर्ने जनाएको हो ।

द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भएको  छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ ।

अन्तर्राष्ट्रिय…

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले लगाएको आरोपको खण्डन गरेकी छन् ।

दक्षिण कोरिया र अमेरिकाले युक्रेनविरुद्धको युद्धका क्रममा उत्तर कोरियाले रुसलाई हतियार दिएको आरोप निराधार रहेको बताएकी हुन् ।

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।

खेलकुद…

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको