आजका समाचार : परराष्ट्रमन्त्री भारत जाँदै, माओवादी घटक एकतावद्धको प्रयासमा प्रचण्ड र थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि | Khabarhub Khabarhub

आजका समाचार : परराष्ट्रमन्त्री भारत जाँदै, माओवादी घटक एकतावद्धको प्रयासमा प्रचण्ड र थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ ।

भेटमा दुई नेताबीच विभिन्न राजनीतिक विषयमा विमर्श भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए ।देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिएका थिए ।

‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

गृहमन्त्रीको निर्देशनपछि गठ्ठाघर दुर्घटनामा बन्यो छानबिन समिति

परराष्ट्रमन्त्री आरजु देउवा भोलि भारत भ्रमणमा जाँदै

सुमना श्रेष्ठलाई लक्षित गर्दै ओलीले भने- शिक्षकमाथि दमन गर्न मिल्दैन

कानूनको पूर्ण परिपालनामा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

भीम रावलको टिप्पणी : कांग्रेस–एमाले गठबन्धन संविधानको मर्मविपरीत

सरकारका प्रवक्ता भन्छन्‌ : ‘माओवादीले प्रतिगमनको हल्ला चलायो’

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन् ।

पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे ।

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताए ।

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन

बाढीपीडितको सहयोगमा कमी हुन नदिन प्रचण्डको आग्रह

मधेस आन्दोलनका आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेजीको माग

सरकार र निजी क्षेत्रको सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का

उद्योगमन्त्रीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि

सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ ।

टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका(७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन्‌ ।


रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । सो फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ ।

दुई पोखरी उच्च जोखिममा (तस्बिरसहित)

थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत

बेनीमा ‘वर्षे नाच’को रौनक

बाढी पीडितलाई राहत सामग्री वितरण जारी छ : प्राधिकरण

तनहुँमा डेङ्गी सङ्क्रमित एक हजार नाघे

इजरायली हमलामा गाजामा एकै परिवारका १५ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए ।


इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ’, बस्सलले भने।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

ताइवान टापुको तटमा जहाज डुब्दा तीन बेपत्ता

एमपक्स खोपको उत्पादन बढाउन डब्लुएचओको आग्रह

चीनको युवा बेरोजगारी दर बढ्यो

अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ५६ बजे

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी

सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना

काठमाडौं– सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका

दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौ‌ं– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन