आजका समाचार : देशभर गाईजात्रा, टिकटकको प्रतिबन्ध हट्ने, फरार सांसद् प्रदेशसभामा र ट्रम्प- मस्कबीच गठजोड | Khabarhub Khabarhub

आजका समाचार : देशभर गाईजात्रा, टिकटकको प्रतिबन्ध हट्ने, फरार सांसद् प्रदेशसभामा र ट्रम्प- मस्कबीच गठजोड


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिन्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिने बताएका छन् ।

कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले छलफल गरेरै संविधान संशोधन गरिने बताएका हुन् ।


‘संविधानमा केही कुराहरु संशोधन गर्ने ओलीजी र मेरोबीचमा सहमति भएको हो । यहाँ लुकाउनु पर्ने केही छैन,’ देउवाले भने, ‘यो षड्यन्त्र होइन । सबैसित सल्लाह गरेर गर्ने कुरा हो ।’

टिकटकको आठौं पत्रपछि प्रतिबन्ध हटाउन सरकार लचिलो, क्याबिनेटमा प्रस्ताव लगिँदै

जब भारतीले देउवालाई लगाइन् किताब फिर्ता नगरेको आरोप

सुरक्षित र व्यवस्थित सहर बनाउने काम भइरहेछ : उपप्रधानमन्त्री सिंह

नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै मन्त्रालय

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

कांग्रेस-एमालेलाई माधवको कटाक्ष- दुई नेताले मध्यराति गरेको सहीले केही हुनेवाला छैन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


कांग्रेस र एमालेका दुई ठूला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको अध्यक्ष नेपालको भनाइ थियो । उनले संविधानले के दिएको र के नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए ।

‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ ।’ उनले जनता र देशका निम्ति समर्पित भएर रूपान्तर हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने हक नराख्ने बताए ।

फरार सांसद केसीले लुम्बिनीका मुख्यमन्त्रीलाई दिए विश्वासको मत, प्रहरी हेरेको हेर्‍यै

मधेसका सबै विद्यालय बन्द गर्ने प्रभु साहको चेतावनी

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ७० विपक्षमा ११

कमला नदीमा पुल निर्माणको माग गर्दै आमरण अनशन

ओलीलाई वर्षमानको सुझाव : शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्

यसरी मनाए नील हिरा समाजका सदस्यले गाईजात्रा 
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायले विभिन्न भेषभूषामा सजिएर मंगलबार गाईजात्रा मनाएका छन् ।

यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौँमा गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा परेड प्रदर्शन गरेका हुन् ।

गाईजात्राका दिन ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएका तेस्रोलिङ्गीहरू त्यहाँबाट वसन्तपुरसम्मको र्‍यालीमा सहभागी भए ।

गाईजात्रा (तस्बिरहरू)

गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर

गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : देउवा

आज गाईजात्रा : उपत्यकामा सार्वजनिक बिदा

यस वर्षको गौरा भदौ १० गते

एलन मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले न्युज एजेन्सी रोयटर्ससँगको कुराकानीमा मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।


के मस्कलाई सल्लाहकार अथवा क्याविनेटमा स्थान दिनुहुन्छ रु भन्ने प्रश्नमा उनले भनेका छन्– ‘अवश्य पनि दिन्छु ।’

ह्यारिसले अमेरिकाको ४७ औं राष्ट्रपतिको सपथ लिनेछिन् : हिलारी क्लिन्टन

पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु

अगस्ट २३ मा प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाने

पाकिस्तानमा ईश्वरको निन्दा गरेको अभियोगमा २५ वर्षको जेल सजाय

विश्वमा मंकीपक्सको सङ्क्रमण बढ्दै, कंगोमा ५७० जनाको मृत्यु

पाकिस्तानमा डुबान, मन्त्री भन्छन्– हाम्रो संरचनाले भारी वर्षा धान्नै सक्दैन

भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान

गाजा युद्धविरामका लागि प्रयास जारी

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : ५७ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका