आजका समाचार : संसदमा प्रधानमन्त्रीको सवाल जवाफ, लुम्बिनीमा नयाँ मुख्यमन्त्री, बाइडेनले छाडेपछि कमला ह्यारिस मैदानमा | Khabarhub Khabarhub

आजका समाचार : संसदमा प्रधानमन्त्रीको सवाल जवाफ, लुम्बिनीमा नयाँ मुख्यमन्त्री, बाइडेनले छाडेपछि कमला ह्यारिस मैदानमा


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली र माओवादी उपमहासचिव पुनबीच संसद्‍मै भनाभन
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्‍मै भनाभन भएको छ ।

सांसदहरूले उठएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा दुईजना नेताबीच भनाभन भएको हो ।


माओवादीकै सांसद लेखनाथ दाहालले आफूमाथि लगाएको आरोपको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली आक्रोशित सुनिँदै थिए ।

आइतबारको संसद् बैठकमा विद्युत् लाइन काटिएकोबारे आफू बोलेको विषयमा सांसद दाहालले लगाएको आरोपको खण्डन गरिसकेर प्रधानमन्त्री ओली सांसदहरूलाई सदनको मर्यादा स्मरण गराइरहेका थिए ।

यस्तो छ सांसदहरूसँग प्रधानमन्त्रीको सवाल-जवाफ (पूर्णपाठ)

प्रधानमन्त्रीको जवाफ- मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

पूर्व राज्यमन्त्री रायको हत्याऔराप्रपाले सरकारसँग माग्यो जवाफ

ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ

बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली

सहकारी पीडितको बचत फिर्ता हुन्छ, कर्जा सुरक्षण कोष स्थापना हुँदैछ : प्रधानमन्त्री

राप्रपा सांसदले प्रधानमन्त्रीलाई सोधे-नेपाली भूमि कहिले फिर्ता आउँछ ?

उद्योगको विद्युतबारे माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले झुट बोले, संसद्‍बाटै भ्रम छरे

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई नियुक्त गरेका हुन् ।


मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले दाबी पेश गरेका थिए ।

लुम्बिनीमा जिल्लिए लीला गिरी, चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस

कर्णाली सरकारबाट बाहिरियो माओवादी

गृहमन्त्री लेखक र चीनका राजदूतबीच भेट, दुई देशको सम्बन्धबारे छलफल

रोकियो न्यूरोडमा फुटपाथ निर्माण

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ । फुटपाथ विस्तार र निर्माणको काम नगर्न स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको हो ।


सुमनराज भण्डारीको संयोजकत्वमा समितिले दिएको प्रतिवेदनका आधारमा उक्त सहमति जुटेको हो । त्यही सहमतिका आधारमा अब न्यूरोड क्षेत्रमा तत्काल निर्माण कार्य अघि नबढाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

मोहना नदीमा अलपत्र परेकाहरूको सकुशल उद्धार

सहकारीको अवस्थाबारे छलफल

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट पछि हटेका छन् । ८१ वर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका छन् ।


बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई डेमोक्र्याटहरूले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए ।

बाइडेनले विज्ञप्तिमा भनेका छन्– ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने छु ।’

१६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा

गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ०० बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय