आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म | Khabarhub Khabarhub

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कतारका अमिर स्वदेश फिर्ता
मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् ।

उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायतको उपस्थिति रहेको थियो ।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

नेपालमा लगानी गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र नेपालको भ्रमणमा रहेका कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच बुधबार काठमाडौंमा भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको बताए ।

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

महिला नेतृत्वको जलविद्युत आयोजनालाई थप कर छुट माग

सधैँभरी गठबन्धन गरेर देश बन्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन् ।

बुधबार इलाम क्षेत्र नं. २ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए ।


सधैँ गठबन्धनले देश नबन्ने ओलीले बताएका छन् । त्यसकै लागि एमालेले मिसन २०८४ भनेको उनले बताए । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उनले भने ।

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरू बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारे ।

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो ।

२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाईसमेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो । तर बुधबार भने न्यायाधीश श्रेष्ठको इजलासले कारण देखाऊ आदेश दिएको हो ।

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ
रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई घुस लिएको आशंकामा हिरासतमा राख्न आदेश दिएको छ ।

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएका रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको हो ।


उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ । रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्षहरूमा रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो ।

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र