आजका समाचार :  मधेसमा होलीदेखि क्रिकेटमा नेपाल विजयीसम्म | Khabarhub Khabarhub

आजका समाचार :  मधेसमा होलीदेखि क्रिकेटमा नेपाल विजयीसम्म


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।


‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,’ प्रधानमन्त्रीले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छ

संवैधानिक परिषद्को बैठक स्थगित

राज्यमन्त्री कार्कीले लिए सपथ

जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

टीआरसी विधेयक अन्तिम चरणमा : मन्त्री गिरी

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

इलाम-२ को उपनिर्वाचनका लागि कांग्रेसले पठायो ७ जनाको नाम

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे।


उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।

जनमतले इलाममा प्रेमदीपलाई उम्मेदवार बनाउने

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्छ 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् ।

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभई एक्लै चुनाव लड्ने बताए ।

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ : खनाल

किमाथाङ्का–खाँदबारी सडक बनाउन समस्या छैन 

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

मधेसको होली
विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

होली पर्वमा अप्रिय घटना हुन नदिन र मादकपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

तराईमा होली

होलीमा पक्राउ परेका एक सय पाँच जना छुटे

होली मनाउँदै कञ्चनपुरका थारू समुदाय

मिथिला महाकुम्भ माध्यामिकी परिक्रमा आज सम्पन्न हुँदै

अछाममा ट्रयाक्टर दुर्घटना, पाँच जनाको मृत्यु
अछामको मेल्लेख गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, दुईजनाको मृत्यु

महिला आयोगमै पीडितले गरिन् विष सेवन

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन

कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ६ विकेटले विजयी
नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए ।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिलले पाए सफाई

म्यान्मामा राष्ट्रव्यापी निर्वाचन हुन सक्दैन : जुन्ता प्रमुख
सेनाले आफ्नो शासनविरुद्ध बढ्दो हिंसालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला म्यान्मामा अर्को राष्ट्रव्यापी निर्वाचन गर्न सक्षम हुन नसक्ने जुन्ता प्रमुखले सोमबार प्रकाशित टिप्पणीहरूमा स्वीकार गरेका छन् ।

सन् २०२१ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सेनाले निर्वाचन गर्न धेरै बाचा गरेको छ तर मुलुकका धेरै हिस्सामा विरोधीहरूसँग लड्नका लागि उसले बारम्बार आपतकालीन अवस्था विस्तार गरेको छ ।

दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता गर्ने पाकिस्तानको तयारी

श्रीलंकाकाको बेरोजगारी दरमा कमी

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मु

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा

मङ्गोलियामा आँधीबेहरीको चेतावनी

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता

शिखर वार्ताका लागि नेता किमसँग जापानी प्रधानमन्त्री किशिदाको आग्रह

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ०० बजे

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त