आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच संसदमा भएको अवरोध हटाउनेबारे छलफल भएको बताइएको छ । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ ।

यस्तै, सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्को बैठकअघि प्रचण्ड र देउवा पुन: भेटवार्ता गर्ने

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन
गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालित नगर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रीले नेपाल प्रहरी केन्द्रिय कार्यालयलाई सादा पोशाकमा प्रहरीलाई ड्युटीमा नखटाउन निर्देशन दिएका हुन् ।


सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर(व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन् । सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका कार्यालयमा निर्देशन जारी गरेको छ ।

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो ।

अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी छन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिनुपर्ने अवस्था बनेको हो ।

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियो स्पष्टीकरण

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि!

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो : अध्यक्ष ढकाल

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

ज्येष्ठ नागरिक सरोकार केन्द्रका काम प्रभावकारी : मन्त्री शर्मा

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी
संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना नागरिकको हकमा एक प्रहरी अनिवार्य हुनुपर्छ । तर नेपालको हकमा ४३९ जनालाई जम्मा एक जना प्रहरीले सुरक्षा गर्नुपर्ने स्थिति छ ।

जनसङ्ख्याको अनुपात अनुसार प्रहरीको संख्या कम भएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

बिहीबार नेपाल प्रहरीको वार्षिक प्रगति विवरण पेश कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय विदेश जाने मोहले प्रहरी सेवामा समेत आकर्षण घट्दै गएको छ ।

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक

इन्टरपोलमार्फत १३ जना पक्राउ

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

अन्तर्राष्ट्रिय…

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति
भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयव्दारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ ।


वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्-चुनाव लड्ने पैसा छैन

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ८ : ०० बजे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले