वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा
गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् ।
‘‘यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’
उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । उनले देशभक्तहरू सबैको सम्मान गर्ने पनि बताए । रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।
यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ)
भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न
भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ
भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन्
रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?
ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल
ओलीलाई कटाक्षसहित रावलको कविता : सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?
बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल
पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा। नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
राखेप उपाध्यक्षमा आचार्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू
संवैधानिक निकायमा ५२ जनाको नियुक्तीविरुद्ध मुद्दाको पेसी संवैधानिक इजलासमा
संवैधानिक निकायमा नियुक्तिविरुद्धको रिट सर्वोच्चले फेरि हेर्न भ्याएन, सुनुवाइ सरेको सर्यै
प्रतिनिधिसभाका सचिव राईले लिए शपथ
पूर्वाधार क्षेत्रमा बढ्दो गुनासो उजुरीका चाङैचाङ
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ ।
समितिद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा सरोकार भएका संस्था तथा व्यक्तिले गुनासोसहित उजुरी दर्ता हुनेक्रम बढेको भनी चिन्ता र चासो व्यक्त गरिएको छ ।
समितिमा परेका गुनासा सम्बोधन गर्ने उद्देश्यले दुई वटा उप–समिति गठन गरेको जानकारी दिँदै समितिका सभापति दीपकबहादुर सिंहले नीतिगत अस्पष्टताका सन्दर्भमा तालुक मन्त्रालयसँग समन्वय गरी आवश्यक राय सुझाव दिन भनी उपसमिति गठन गरेको बताए।
गुठी ऐन सदनमा प्रस्तुत गर्न राष्ट्रिय सरोकार समितिको निर्देशन
प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी
फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने
ट्र्याक खोलेको ७ वर्ष नबित्दै नाम्दु-पाँडु सडक ढलान
मनाइयो राष्ट्रिय टोपी दिवस
‘सबै पहिरनलाई सम्मान : नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ काठमाडौंको वसन्तपुरमा १२औँ नेपाली टोपी दिवस मनाइएको छ ।
नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
कोशीमा जंगली हात्तीको आतंक, मानवीय क्षति बढ्दो
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ
अन्नपूर्णमा अहिले सम्मकै बढी पर्यटक, दुई लाख ४४ हजार बढी विदेशीले गरे भ्रमण
गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु
वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो?
काठमाडौं – संसार भरी नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ। सिरियाली नागरिकले आसाद सरकार ढलेपछिको पहिलो पटक नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहेका छन्।
बेलायत तथा अन्य धेरै युरोपेली देशमा वर्षको पहिलो दिनको पहिलो बिहानीमा नै मौसम खराब छ। त्यसका बाबजुद हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएका छन्।
संसारमा विकसित देशका मुख्य सहरहरू अहिले रङ्गाएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बेलायत, रोम र बर्लिन पुरै रङ्गिएका छन्।
दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने
भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु
बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग
भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव
पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध
चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा
अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै
प्रतिक्रिया