आजका समाचार : राजावादी आन्दोलनमा धरपकड, कमल थापा पक्राउ, मधेशका ६४ सडक शिलान्यास र बङ्गलादेशमा हसिनाविरुद्ध मुद्दा चलाइने | Khabarhub Khabarhub

आजका समाचार : राजावादी आन्दोलनमा धरपकड, कमल थापा पक्राउ, मधेशका ६४ सडक शिलान्यास र बङ्गलादेशमा हसिनाविरुद्ध मुद्दा चलाइने


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीले गरे एकैपटक मधेसका ६४ सडक योजनाको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकै पटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् ।

यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ ।

मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली

विवाहको न्यूनतम उमेर १८ वर्षमा झारौँ : मन्त्री सुडी

देउवा भन्छन्- कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राधिका शाक्य

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

जागरण अभियानबाट गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको छ– प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायक जनताका मोर्चाहरूलाई पनि क्रियाशील र गतिशील बनाउने र लाखौं करोडौं जनतासँग फेरि जोडिने अभियान सुरु भएको बताएका छन् ।

उनले फेरि एकचोटि वर्ग, क्षेत्र, समुदायका मोर्चाहरूलाई पुनर्जागृत गर्ने अभियान माओवादी केन्द्रले सुरु गरेको बताए ।

आइतबार योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले तराई मधेसमा चलाएको अभियान, अहिले चलिरहेको मध्यपहाडी अभियान र पर्सी २० गतेबाट सुरु हुने उपत्यका जागरण अभियानले गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको बताए ।

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन : नैनसिंह महर

प्रदेश मामिला समितिले प्रदेश सरकारलाई दियो, सुझाव र निर्देशन

राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्

राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरी हस्तक्षेप भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रहरीको व्यवहारप्रति गंभीर आपत्ति जनाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, निषेधित क्षेत्र घोषणा नगरिएको नक्सालको नारायणचौर क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गर्ने निर्णय भएको छ ।

नारायण चौरमा भएको हस्तक्षेपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेता-कार्यकर्ता पक्राउ परेका पनि उनले जानकारी दिए ।

लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

नारायण चौरमा राजावादी-प्रहरी घम्साघम्सी (तस्बिरहरू)

नारायण चौरबाट पक्राउ परे कमल थापा, झुन्ड्याउँदै लग्यो प्रहरीले

ट्रिपिङ समस्या समाधानमा हितेन्द्रको रणनीति, ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’

नेपाल विद्युत प्राधिकरणले ऊर्जा भण्डारण गरी देशको ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनाको निर्माणलाई अघि बढाउने जानकारी दिएको छ ।

सञ्चारकर्मीसँगको छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी वर्षबाट कुलेखानी–सिस्नेरीलगायतका स्थानमा ‘पम्प स्टोरेज’ जलविद्युत आयोजना अघि बढाउने गरी तयारी गरेको बताए ।

खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्ने ‘पम्प स्टोरेज’ आयोजनालाई प्राथमिकतामा राखेर योजना अघि बढाएको उनको भनाइ छ ।

दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढावलाई कम गर्न यस्तो आयोजना प्रभावकारी हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

‘प्राधिकरणको प्रणाली बलियो छ, तर मेरो नियन्त्रणमा आउन सकेन’

बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा

गृह मन्त्रालयले गर्‍यो सिडिओसहित गृहका ६ सहसचिवको सरुवा

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहमा फेरबदल गर्दै कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँ जिम्मेवारी तोकेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो । पाण्डे पोहोर जेठ २१ गते कास्कीमा हाजिर भएका थिए ।

बर्दियामा कार्यरत रहेकी शर्मा अब कास्कीको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई कास्कीमा ल्याउने तयारी थियो । यसका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत लबिङ गरेका थिए ।

तर उनी अख्तियारको छानबिनको घेरामा परेपछि रुद्रा शर्मा आउने भएकी हुन् । उनीले बर्दियाबाहेक रामेछाप र गुल्मीमा समेत प्रजिअ भएर जिल्ला हाँकिसकेकी छन् । शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी उनले उपसचिव र सहसचिवमा खुलाबाटै नाम निकालेकी हुन् ।

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

फेवाको साँधमा गाडियो थप आठ पोल

अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन

राइड शेयरिङ नियमावलीविरुद्ध सोमबारदेखि यातायात नचलाउने घोषणा

गण्डकी प्रदेश सरकारले ल्याएको राईड शेयरिङ्ग नियमावली २०८२ विरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२ काठमाडौंले सोमबारदेखि यातायात नचलाई आन्दोलनमा उत्रिने भएको छ ।

यातायातको व्यवसायीको ४ वटा महासंघ र ४ वटै मजदुर संघ, संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् ।

संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी राईडर शेयरिङ्क नियमावली ल्याएको यातायात व्यवसायीको आरोप छ ।

पर्यटक सवारीसाधनलाई निर्बाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

कर्णालीका यातायात व्यवसायीले पनि गरे आन्दोलनको घोषणा

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन

यातायात बन्दको मारमा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो (तस्बिरहरू)

युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?

हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको छ। १० जीवित इजरायली बन्दी तथा १८ शव हस्तान्तरण गर्न हमास तयार भएको छ। तर उसले आफ्नो तर्फबाट पनि वार्ताका लागि केही सर्त राखेको छ।

गाजाबाट इजरायली सेना हटाउन तथा पूर्ण शान्तिका लागि हमासले सर्त राखेको हो। साथै निरन्तर राहत उपलब्ध गराउने अर्को सर्त छ। अहिले प्रस्ताव गरिएको सर्तमा यी विषय समावेश छैनन्।

अमेरिकाले इजरायलले सो प्रस्ताव स्वीकार गरिसकेको बताएको छ। मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफले भने यो सर्त अस्वीकार्य रहेको बताएका छन्। उनले हमासले युद्ध विराम सुरु गरेपछि मात्र अन्य विषयमा छलफल हुने बताए।

युद्ध सुरु भए यता नै हमासले अहिले आफूलाई सबै भन्दा अप्ठेरो अवस्थामा पाएको छ। गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन्। यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ।

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ

साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने

चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै : फिलिपिनी रक्षामन्त्री

हार्वर्डमा पढेकी चिनियाँ राष्ट्रपतिकी छोरीलाई अमेरिकाबाट देश निकाला गर्नुपर्ने माग चर्किँदै

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ०५ बजे

सम्माननीय ! सबै रत्नाकर डाकु वाल्मीकि बन्दैनन् !

प्रसिद्ध हिन्दुग्रन्थ रामायणका रचियता महर्षि वाल्मीकि हुन्। नागा प्रजातिमा जन्मिएका

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता

पर्सा – छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति