आजका समाचार : लेखजंगको बहुबिहेले रास्वपामा हल्लाखल्ला, टिकट पनि संकटमा, विद्यालाई राजनीतिमा फर्काउने सुरेन्द्रको अठोट, चीनमा व्यस्त प्रधानमन्त्री र चीनमा पुटिन-सी-मोदी भेटवार्ता | Khabarhub Khabarhub

आजका समाचार : लेखजंगको बहुबिहेले रास्वपामा हल्लाखल्ला, टिकट पनि संकटमा, विद्यालाई राजनीतिमा फर्काउने सुरेन्द्रको अठोट, चीनमा व्यस्त प्रधानमन्त्री र चीनमा पुटिन-सी-मोदी भेटवार्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सुरेन्द्र पाण्डे भन्छन्- संविधानले रोकेको छैन, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउँछौँ
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताएका छन् । काठमाडौँमा आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको स्पष्ट पारे ।

पाण्डेले भने, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन । संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन।’

राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था भए पनि संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन ।

‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’

राजन भट्टराई भन्छन्- लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ

एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ?

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

‘देशको समृद्धिमा साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य’

सरकारले भन्यो- भारतसँगको सीमा विवाद समाधान कूटनीतिक संवादबाटै

उमेर हदबारे सुरेन्द्र पाण्डे : मदन भण्डारी पनि अल्पमतमा थिए, उमेर हद एकदिन लागू हुन्छ

मन्त्रीको सनक : आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै खोसे सचिवको गाडी


रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो। आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई आकांक्षी ९ जनामध्ये टिकट दिएको हो । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेपछि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।

त्यहाँ रविले आकांक्षीहरूलाई जसले टिकट पाएपछि अरूले असन्तुष्ट हुन नहुने बताएका थिए । सचिवालय बैठक र रविसँग आकांक्षीको छलफलपछि कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।

तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ

रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै 

बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’

लेखजंग बहुविवाहको विवादमा परेपछि रोकियो रास्वपाको पत्रकार सम्मेलन

रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग

महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी 

रूपन्देही-३ उपनिर्वाचनका लागि एकीकृत समाजवादीबाट सातजना सिफारिस

लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरूको विस्तारलगायत विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको सुरु

श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : अग्नि सापकोटा

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

‘संयुक्त जनआन्दोलन समिति’को कार्यवाहक संयोजकमा धवलशम्शेर

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास निर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा आज सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो । आजको बैठकमा रानीमहलमा भएको पहिलो बैठकको निर्णय कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने पक्षलगायत विविध विषयमा समीक्षा भएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

यसैगरी, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने र प्रतिबद्धता गरिएअनुसार तीन महिनाभित्र कार्ययोजना तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

धरानका मेयर साम्पाङको काठमाडौंमा मोटरसाइकल र्‍यालीले स्वागत

चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता

चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा अन्तरक्रिया जारी छ । एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।’

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन् विभिन्न देशका सरकार र राष्ट्रप्रमुख अहिले चीनको थियानचिनमा पुगेका छन् ।

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका 

अमेरिकालाई जवाफ दिन एकै कारमा सवार भए पुटिन र मोदी

मोदी देखेर ट्रम्पका सल्लाहकार चकित, भने- पुटिन र सीसँग किन हात मिलाइरहेका होलान् ?

इजरायली आक्रमणमा प्रधानमन्त्री मारिएपछि हुथीले समात्यो राष्ट्रसंघका १९ कर्मचारी

एससीओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए

भारत र रुस काँधमा काँध मिलाएर उभिएका छन् : प्रधानमन्त्री मोदी






























प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ५५ बजे

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी

बैतडी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन