आजका समाचार : गृहमन्त्रीको राजिनामामा अड्कियो संसद्, सिन्डिकेटका नाममा यातायात व्यवसायीको ज्यादती र भएन रुस युक्रेन युद्ध विराम  | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीको राजिनामामा अड्कियो संसद्, सिन्डिकेटका नाममा यातायात व्यवसायीको ज्यादती र भएन रुस युक्रेन युद्ध विराम 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । यसअघि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि बैठकको समय सारेको थियो ।

मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

उनीहरू भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरणमा लेखक मुछिएका छन् ।

यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस्

पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री

घरेलु महिला श्रमिकको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी

मुलुकको विकासका निम्ति छिमेकी मुलुकको सहयोग अपरिहार्य : उपाध्यक्ष पोखरेल

नेपाली श्रमिकका समस्याबारे एनआरएनए र श्रममन्त्रीबीच छलफल

संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्छ : गगन थापा 

प्रधानमन्त्री ओली नारच्याङमा

बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेट

 प्रतिपक्षीलाई महेश बर्तौलाको आग्रह– संसदमा गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउनुस्
भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण तयार गर्न नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आग्रह गरेका छन् ।

गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्रै मुद्दाका विषयमा दोस्रो चरणमा छलफल हुने बताए । मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भनिएको थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठक स्थगित भएपछि सदनबाहिर बोल्दै मुख्य सचेतक बर्तौलाले गृहमन्त्रीले सदनमा जवाफ दिने विषय प्रतिपक्षले स्वीकार्न तयार नभएको बताए ।

‘गृहमन्त्रीका बारेमा उठाइएको प्रश्नको जवाफ उहाँले दिँदा त अपोजिसन खुशी पनि हुन सक्नुहुन्छ, उहाँहरू जवाफबाट सन्तुष्ट पनि हुन सक्नुहुन्छ । त्यो चरणलाई उहाँहरू स्वीकार गर्न तयार हुनुभएन,’ बर्तौलाले भने, ‘कोही मन्त्रीमाथि प्रश्न उठेपछि निज व्यक्तिले संसद्मा आएर जवाफ दिने कुरालाई अस्वीकार नगरौँ ।’

भिजिट भिसा प्रकरण संसद्को मात्रै हैन, जनताको विषय बनेको छ : सांसद दाहाल

राष्ट्रियसभा बैठक : गृहमन्त्रीको राजीनामा माग

कर्मचारीमाथि अनुसन्धान भइरहँदा गृहमन्त्रीको राजीनामा माग्नु उचित हैन : महामन्त्री शर्मा

नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश

निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए। सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए । २०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।

राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख

शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

साझा सोच र संकल्पबाट नै दिगो सामुदायिक वन व्यवस्थापन सम्भव  : मन्त्री शाही

आन्दोलन झन् चर्काउने यातायात व्यवसायीको चेतावनी 

गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छ : मन्त्री खड्का

अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि‘
कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन छ ।

सोमबार खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो । यसरी नागरिकको जीवनमा खेलवाड भएको स्थानीयको गुनासो छ ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन ।

कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नगरीलाई पटक(पटक थर्काउने, धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा बढ्यो

यातायात बन्दको दोस्रो दिन : सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)

स्याङ्जाको चराङमा स्याउ उत्पादन 

उखु खेतीबाट वार्षिक आठ लाख आम्दानी

हुन सकेन रुस र युक्रेनको युद्ध विराम
रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति वार्ता असफल भएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार गरेको हो। यसका बाबजुद दुवै देश सेनाका १२ हजार शव हस्तान्तरण गर्न राजी भएका छन्।

रुसले भने आफूले दुई तनि दिनका लागि फ्रन्ट लाइनमा युद्ध विरामको प्रस्ताव राखेको बताएको छ। सोमबार इस्तानबुलमा एक घण्टा भन्दा बढी समय लगाएर सकिएको वार्तामा युद्धको क्रममा धेरै बिरामी भएका बन्दी रिहा गर्न सहमति भएको हो। वार्ताको सुरुवातमा दुवै देश युद्ध अन्त्यका लागि तयार हुने अपेक्षा गरिएको थियो।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म २० प्रतिशत भू(भाग लिइसकेको जनाइएको छ। यसमा सन् २०१४ देखि नियन्त्रणमा राखेको क्रिमिया समेत छ।

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल

गाजामा इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

अफ्रिकाको विकासमा बिल गेट्सको चासो

चीनमा दुई जापानी नागरिकको हत्या

भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा

पाकिस्तानमा टिकटक स्टारको ह*त्या


















प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ८ : ०४ बजे

स्वास्थ्य बीमा नियमावली संशोधन : यि हुन् संसोधन गरिएका बुँदा 

काठमाडौं– स्वास्थ्य बीमा नियमावली संशोधन गरिएको छ । स्वास्थ्य तथा

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

दोधारा चाँदनी – सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव

पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा, माधव नेपालको सांसद पद स्वत: निलम्बित

काठमाडौं- नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको

सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल