जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

गृह मन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए ।
मन्त्रिपरिषद्ले बेपता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ भने विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।
मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत
यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना
सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट
राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको साझा समन्वय संयन्त्रको बैठक सम्पन्न
सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक
अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको भेट
जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो
संघीय संसद्को दुवै सदनका पदाधिकारी र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल
आठ वर्षपछि प्रचण्डकै पोल्टामा गोपाल किराती, ‘जनयुद्ध’कै शैलीमा भने- देशी-विदेशी प्रतिक्रियावादीलाई धुलोपिठो बनाउँछौँ
२०७४ साल मंसिरमा भएको चुनावको मुखमा नेकपा माओवादी केन्द्र छाडेका गोपाल किराती ८ वर्षपछि पुरानै बाटोमा आइपुगेका छन् । माओवादी केन्द्रका तत्काली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया थालेपछि त्यसताकाका सचिवालय सदस्य किराती अर्को माओवादी पार्टी खोल्न हिँडेका थिए ।

२०५६ सालतिर तत्कालीन ‘जनयुद्ध’को समयमा किरात जनवादी वर्कर्स पार्टी खोलेर हिसांत्मक राजनीतिमा होमिएका किराती २०५७ सालदेखि माओवादीमा समाहित भएका थिए । त्यसबेला केही दर्जन बन्दुकसहित विद्रोह थालेका उनको विलयपछि माओवादीले पूर्वमा पकड बनाएको थियो ।
प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने
प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ
शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्ने एमालेले चाँडै देखाउँछ
एमालेको शर्त : पार्टीमा फर्किनेहरूले नीति-नेतृत्वबारे विरोध र प्रश्न गर्न नपाउने
एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने
रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरूको भेटवार्ता
निर्वाचनबारे निर्णय अधिवेशनले गर्छ : लोसपा अध्यक्ष ठाकुर
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिए ।

त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।
उनीहरूले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।
राष्ट्रपतिको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट
डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव
प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ
राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।
अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए ।
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन
खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)
बागमती प्रदेशसभाको बैठक अनिश्चित
रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने
काठमाडौं महानगरद्वारा लत्रिएका तार व्यवस्थापन सुरु
बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध
दोलखाको यलुङरी हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, आठ बेपत्ता
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरानले रुसको सहयोगमा आठवटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई)का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्त्वपूर्ण हिस्सा हुनेछ ।

इरान र रुसबीच बुसेहरमा चारवटा तथा देशको उत्तरी र दक्षिणी तटरेखामा अन्य चारवटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । यी संयन्त्रहरूले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’ को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले स्पष्ट गरे ।
रुसी सञ्चार संस्था ‘तास’ले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख गरिएको छ ।
जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते
दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते
फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते













प्रतिक्रिया