साप्ताहिक आर्थिक खबर : गुल्मीमा सातामा एक मात्रै हवाई उडान, भारतमा घटयो वस्तु सेवा कर, बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै, पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम | Khabarhub Khabarhub

साप्ताहिक आर्थिक खबर : गुल्मीमा सातामा एक मात्रै हवाई उडान, भारतमा घटयो वस्तु सेवा कर, बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै, पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए।

प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार, कमाउँछन् वार्षिक १२ लाख  

चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली’

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी कटौती गरेको छ । सेप्टेम्बर २२ देखि लागू हुनेगरि ल्याइएको नयाँ जीएसटी दरमा विभिन्न सयौँ वस्तुमाथि लाग्ने करलाई शून्य बनाइएको छ भने अधिकांश वस्तुमाथिको करलाई आधा भन्दा बढीले कटौती गरिएको छ ।

भारतले विभिन्न वस्तुमा ५, १२, १८ र २८ प्रतिशतसम्म जीएसटी लगाउँदै आएको थियो । पछिल्लो संशोधनमार्फत अधिकांश वस्तुमा लगाइएको करमा कटौती गरेको छ भने चुरोट तथा टोबाकोमा लाग्ने वृद्धि गरेको छ ।

कुन वस्तुमा कस्तो कर ?

उच्च तापक्रममा राखिएको दूध, पनिर, चना, परौठा, भारतीय रोटी, दर्जनौँ प्रकारका औषधी, कापी, पेन्सिल लगायतका वस्तुमा लगाइएको जीएसटी करलाई शून्यमा झारिएको छ । अधिकांश वस्तुमाथि लगाइएको १८ प्रतिशत जीएसटी पाँच प्रतिशतमा झारिएको छ ।

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन

एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट 

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग अन्तरक्रिया भएको छ ।

’संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

बैंकिङ प्रणालीमा अत्याधिक पैसा थुप्रिएको छ । पैसा अत्याधिक भएर बुधबार (आज) नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत पैसा खिच्ने भएको हो ।

राष्ट्र बैंले बुधबार खिचेको पैसाको साँवा तथा ब्याज असोज १२ गते दिने भएको छ । बोलकबोल गर्ने घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो 

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह

चौताराका किसान किबीखेतीमा आकर्षित

अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैँचीखेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे। तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन्।

‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा जग्गा विवादले तोकिएको समयमै काम सम्पन्न हुन सकेन ।

त्यसैले दोस्रोखण्ड (कलङ्की–बसुन्धरा ८.२ किलोमिटर) विस्तारमा चिनियाँ पक्षले नेपाल सरकारसँग छेउका सर्भिस लेन निर्माण सम्पन्न नगरी कुनै काम नथाल्ने अडान राख्यो । उनीहरूको अडान स्वीकार्दै वि.सं. २०७५ मा सरकारले सम्झौता गर्‍यो ।

चिनियाँको अडानपश्चात् २०७५ जेठ १४ गते सरकारले सडक सीमा मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गर्दै काम थालेको थियो ।

तर, निर्माणको सात वर्ष बितिसक्दा पनि सरकारले सर्भिस लेन सम्पन्न गर्न सकेको छैन । कामलाई गति दिन नसक्दा चिनियाँ पक्षलाई नेपाल ल्याउन पनि सरकारलाई हम्मेहम्मे परेको छ ।

बसुन्धरा–कोटेश्वर खण्डमा जग्गा विवाद भएपछि चीनले उठायो हात

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्याइएको सहकारी ठगीको जालोभित्रको एउटा संस्था हो – पोखराको नयाँबजारमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था !

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले वि.सं. २०८१ पुस ७ गते जिल्ला अदालत, कास्कीमा दायर गरेको मुद्दा मिसिलअनुसार; सूर्यदर्शन सहकारीबाट ११५६ बचतकर्ताको बचत गायब पारिएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले कुल बिगो नै एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ कायम गरेको जनाएको थियो ।

मूल अभियोजन पत्रमा १९ जना र पूरक अभियोजन पत्रमा पूर्वउपप्रधान/गृहमन्त्री रवि लामिछाने सहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी ठगीको मुद्दा अहिले पनि चलिरहेको छ ।

मुद्दा दायर हुनुभन्दा १५ महिनाअघि २०८० असोज दोस्रो साता पोखरा महानगरपालिकाको विशेषज्ञ समितिले गरेको अध्ययन क्रममा उक्त सहकारीबाट एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको भेटिएको थियो ।

त्यतिखेर एक हजार ३६ बचतकर्ताले आफूहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ११ करोड रुपैयाँ पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए ।

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम बाँडफाँड

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- तपाईँहरू लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौ

‘लकइन’ अवधिमा सेयर कारोबार गर्ने कम्पनीको छानबिन गर्दैछौँ
नियुक्ति प्रक्रियामा लम्बेतान हुँदा विगतमा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)का कैयन साधारणदेखि नीतिगतसम्मका काम रोकिएका थिए । ८० भन्दा बढी कम्पनीका त आईपीओ निवेदन नै स्थगित अवस्थामा थिए ।
गत मंसिरमा बोर्डको अध्यक्षमा आएका सन्तोषनारायण श्रेष्ठले निवेदनको पाइपलाइनमा भएका कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिनेदेखि विभिन्न नीतिगत निर्णयमा तीव्रता दिएको बताएका छन् । उनको कामको गतिमा भने सबै निवेदक सन्तुष्ट नभएको श्रेष्ठले नै बताएका छन् ।

विशेषगरी बजारलाई पारदर्शी बनाउन आवश्यक नियमावली, निर्देशिका, कार्यविधि लगायतका विषयलाई व्यवस्थित गर्दै प्रभावकारी नियमनको दिशामा अगाडि बढेको र छिटो छरितो कामको लागि बोर्डकै कार्यक्षमतामा वृद्धि गरेको उनको भनाइ छ।

श्रेष्ठको कार्यकाल सुरु भएपछि आईपीओ जारी गर्ने प्रक्रियाले गति लिएको भएपनि केही समय अगाडि खासगरी ऊर्जा व्यवसायी र उनीबीचमा आरोप प्रत्यारोप नै चल्यो, सो विषय अहिले सेलाएको छ । फेरि पछिल्लो समयमा अन्तर्राष्ट्रिय आइडन्टिफिकेसन नम्बर (आईजीन)को विषय सीडीएससीबाट उत्पन्न भएको विवादको निरूपण गर्ने जिम्मेवारी श्रेष्ठकै काँधमा आइपुगेको छ । पुँजीबजारमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या, सरकारको उद्देश्यअनुसारका काम र बोर्डको नियामकीय भूमिकाको विषयमा खबरहबका नारायण अर्यालले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग समसामयिक विषयमा संवाद गरेका छन् । संवादको सम्पादित अंश :

पछिल्लो समय तपाईंको व्यस्तता बोर्डका कस्ता काममा केन्द्रित छन् ?

धेरैजसो समय त दैनिकी काममा नै बित्ने गर्छ । त्यसपछि, बोर्डले पुँजीबजार लक्षित गर्नुपर्ने जुन सुधारका काम छन्, धेरै विषयमा, नीतिगत रूपमा परिवर्तन गर्ने प्रक्रियामा छौँ । तिनकै तयारीका काममा अधिकांश समय खर्च गर्नुपर्ने हुन्छ । दैनिकी रूपमा पनि नयाँ–नयाँ समस्या सिर्जना हुन्छन्, ती समस्याको समाधानका लागि पनि काम गर्नुपर्ने हुन्छ ।

केही समय अघि निजी ऊर्जा उत्पादक र तपाईंबीच समस्या देखिएको थियो, त्यो सुल्झिएको हो ?
सुल्झिनको लागि त पहिला बिग्रिनु पर्छ । उहाँहरूबाटै आएको विषय थियो, जुन सम्बन्धमा मैले धेरै बोलिसकेको पनि छु ।
मैले पहिला पनि भनेको थिएँ कि प्रश्न गर्न त सजिलो छ, उत्तर पनि त्यहाँबाट आओस् भनेर मैले सार्वजनिक रूपमा नै त्यहिबेला चुनौती नै दिएको थिएँ । म आफ्नो काममा निरन्तर कटिबद्धरूपमा लागिरहेको छु, उहाँहरूको कुरा उहाँहरूबाटै आओस् ।

एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत 

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार आगामी असोजदेखि सुरु गर्ने जनाएको छ ।

अनुदानकर्ता चीनले डिजाइनको अन्तिम स्वीकृति दिएपश्चात् टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका हुन् ।

‘चिनियाँ सर्वेक्षण टोलीसँग भएको छलफल अनुसार अहिले सर्भे सकिएर विस्तृत डिजाइनमा काम भइरहेको छ, करिब एक महिनामा डिजाइन पूरा हुन्छ र आगामी अक्टोबरभित्र चीनमा अन्तिम स्वीकृति लिएर टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी छ’, झाले खबरहबलाई बताए ।

चिनियाँ प्राविधिक टोलीले तयार पारेको डिजाइनअनुसार ८.२ किलोमिटर लम्बाइको उक्त खण्ड निर्माण निम्ति सरकारले वि.सं. २०७५ सालमै सम्झौता गरेको थियो ।

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ०० बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै