आजका समाचार : चौतर्फी आन्दोलनको घेराउमा ओली, राप्रपालाई बालेनको धन्यवाद र अमेरिकी भन्सारविरुद्ध लडिरहने चीनको दृढता | Khabarhub Khabarhub

आजका समाचार : चौतर्फी आन्दोलनको घेराउमा ओली, राप्रपालाई बालेनको धन्यवाद र अमेरिकी भन्सारविरुद्ध लडिरहने चीनको दृढता


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्यो, सपना देख्नु पर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गरेका छन ।

मधेश प्रदेशसभालाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुनुपर्ने बताए । उनले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरेका हुन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ ।’

प्याण्डोराको बाकस खोलेजस्तो प्रतिगमनका लागि ढोका खुल्दैनः प्रधानमन्त्री

लोकतन्त्र स्थापनामा मधेसको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री ओली

भारतसँगको सम्बन्धबारे ओली- कहाँ बिग्रियो ? सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि भइरहन्छ

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय, राष्ट्र बैंकको गभर्नरमा अझै अलमल

सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्नुपर्छ : महामन्त्री थापा

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह

माधव नेपाल भन्छन्- पूर्वराष्ट्रपति-उपराष्ट्रपति राजनीतिमा फर्किएमा राज्यले सुविधा काट्नु पर्छ

२५० वर्ष शासन गरेको राजतन्त्र प्रेत बनेर आयो : महासचिव पोखरेल

राहत सामग्री म्यानमार पठाउनु अघि गृहमन्त्रीको विमानस्थलमा अनुगमन

राजेन्द्र लिङ्देनको आरोप- तीनकुनेबाट प्रसाईंलाई भगाएको प्रहरीले मञ्चमा अश्रुग्यास र गोली हान्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनका क्रममा नेतृत्व गरेकामध्ये एक दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।

बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शन र आमसभालाई सम्बोधनका क्रममा प्रसाईं भगाउनमा सरकारकै हात रहेको लिङ्देनले बताएका हुन् ।

‘चैत १५ गते तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी चलाउँदै आएका प्रसाईंलाई किन तत्काल पक्राउ गरिएन ? प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेका उनलाई सरकारले नै त्यहाँबाट भगायो’, उनले भने, ‘प्रसाईंलाई नियन्त्रणमा नलिई भगाएका प्रहरीले त्यही बेला कार्यक्रम भइरहेको मञ्चमा भने अश्रुग्यास र गोली हान्ने काम गरे ।’

लिङ्देन तीनकुने घटनाका क्रममा आफूहरूका केही नेतालाई थुनिएको बताउँदै राप्रपा त्यसबाट बिचलित नभएको बताए । ‘हाम्रा नेतालाई जेलमा हालिरहने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, तपाईंहरू पनि गतिलो जेल बनाउँदै गर्नुहोला, त्यसमा बस्ने दिन आउनेछ ।’

तीनकुने घटनाबारे लिङ्देनको कटाक्ष- प्रहरी महानिरीक्षक थापा त युवासंघका सह-अध्यक्ष पो रहेछन्

बालुवाटारको भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी

ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए

बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, भेला हुँदै समर्थक (तस्बिरहरू)

बालेनसँग राप्रपा सतर्क, महामन्त्री गुरूङले भने- जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ

सरकारलाई सांसद सिंहको चुनौती- जनता सडकमा आए बङ्गलादेशकै हालत हुन्छ

बालेनलाई लिङ्देनले भने- हिरो भएर हामीलाई पत्र नकाट्नू

रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू)

सङ्गठन मजबुत बनाउन नयाँ रणनीति अपनाऔँ : नेता निधि

सहकारी र लघुवित्त पीडितको रत्नपार्कमा धर्ना (तस्बिरहरु)

सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई बुझायो १० बुँदे मागपत्र 

एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री कँडेल

नाच्दै, गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्बिरहरू)

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने 

पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै 

चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा, एक्यूआई २६२

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत, सविनकी श्रीमतीलाई जागिर

तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले राहत वितरण गरेका छन् ।

अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

यसअघि अध्यक्ष गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेका थिए ।

आर्थिक राहतसँगै सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत अध्यक्ष गुरुङले प्रतिबद्धता जनाएका छन् ।

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए

काठमाडौं महानगर निस्कियो खाद्य घुम्ती प्रयोगशालासहित अनुगमनमा, तत्काल रिपोर्ट दिने 

हर्क साम्पाङले भने- गणतन्त्रको पक्षमा छु, कुलमानको कामलाई सय नम्बर दिन्छु

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् ।

सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

इरान र अमेरिकाले प्रत्यक्ष वार्ता गर्ने

ट्रम्पद्वारा थप भन्सार महसुलको चेतावनी, ‘अन्त्यसम्म लड्ने’ चीनको जवाफ

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचनको मिति तोकियो

विश्वभर शेयर बजार आतंकित हुँदा जापानको बजारमा उछाल

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट, पुटिन सरकार दबाबमा

बङ्गलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

गाजा खाली गराउने योजनामा नेतान्यहु र ट्रम्प : तीन पत्रकारसहित ६० जनाको मृत्यु

ट्रम्पले चीनलाई दिए थप ५० प्रतिशत करको चेतावनी

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : १७ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ९० हजार नाघ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम आज

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

शनिबार र आइतबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं– सरकारले आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई

चार निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं– चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद

नाडेप लघुवित्तले लाभांश नदिने 

काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ