आजका समाचार : ओलीले नेतृत्व नछाड्ने संकेत, रञ्जितासहित ७ जनाविरुद्ध मुद्दा र इक्वेडरका राष्ट्रपतिमाथि आक्रमण | Khabarhub Khabarhub

आजका समाचार : ओलीले नेतृत्व नछाड्ने संकेत, रञ्जितासहित ७ जनाविरुद्ध मुद्दा र इक्वेडरका राष्ट्रपतिमाथि आक्रमण


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार र बुधबार पार्टीको प्रदेश इन्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका छन् । संवाद गरेपछि ओलीले आफूले भने सहज हिसाबले अध्यक्ष नछाड्ने संकेत गरेका छन् ।

ओलीले आफू एउटा विधिबाट अध्यक्ष भएको भन्दै भर्खरै सम्पन्न पार्टीको विधान महाधिवेशन पनि सर्वसम्मत रूपमा भएको भन्दै अध्यक्षबाट सहजै बहिर्गमन नहुने संकेत गरेको संवादमा सहभागी एक जिल्ला अध्यक्षले खबरहबलाई बताए ।

जेन(जी आन्दोलनको कारण सरकारबाट बाहिरिने अवस्थामा पुगेका ओलीले अहिलेको अवस्था उत्पन्न हुनुलाई घुमाउरो पाराले आफ्नो भूमिका र भूराजनीतिक असरको रूपमा व्याख्या समेत गरेको उनले बताए । ओलीले कुनै देशको नाम भने नलिएको उनको भनाइ छ ।

अहिले एमालेमा केही पदाधिकारीसहित ठूलो संख्याका नेता तथा कार्यकर्ताले ओलीले अध्यक्ष छाड्नुपर्ने भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका छन् । सोही विषयलाई मध्यनजर गर्दै ओलीले भर्चुअल संवादमा फरक–फरक प्रदेशको सहभागिता गराउने प्रयास गरेको सहभागी अध्यक्षले बताए ।

महेश बस्नेतले भने- कुलमानजी जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादीको निर्देशन

एमाले भर्चुअल बैठक : एमाले कांग्रेसको ६० प्रतिशत जनमत रहेको दाबी

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

महेश बस्नेतले भने- बालेनकै योजनामा ओलीलगायत हामीलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइयो

संयमतापूर्वक कदम चाल्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : मन्त्री खरेल

घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गर्न र भूमि आयोगको सदस्य बनाउनका लागि घुस डिल गरेको आधारमा सो मुद्दा दायर गरेको हो । आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बिगो ७८ लाख र पूर्वमन्त्री तथा नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ७८ लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङलाई ७८ लाख, खमबहादुर पुनलाई २५ लाख, यामकुमारी गुरुङलाई ७८ लाख र तुल्सीराम बुढालाई ७८ लाख बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने

लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ?

साइबर ब्यूरोबाट एमाले नेता महेश बस्नेतसँग बयान

नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर

दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ ।

बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरूमा पनि प्रभावकारी ढंगले राहत व्यवस्थापन गरिने जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए ।

सबै भन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत विवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध

नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

अझै ४५ जना बालबन्दी फरार

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा
हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ ।

स्थानीय भाषामा यसलाई ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीँ नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीन तले छाना हुनु हो ।

रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो । यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ ।

रोशी खोलाले बिपी राजमार्ग बगाएपछि पैदलयात्रा गर्नसमेत कठिनाइ

सौराहा आउन थाले पर्यटक

बाढीले पनौती-ढुङ्खर्क सडकखण्डमा क्षति गर्दा आवतजावतमा समस्या

सडक-सम्पर्कविच्छेद भएपछि बीपी राजमार्गमा कष्टकर यात्रा

एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू)

दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री

गाईपालनबाट मनग्य आम्दानी, बस्याल भन्छन्- व्यवसाय राम्रै छ

सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान : सबैभन्दा बढी क्षति मेची राजमार्गमा

इक्वेडरका राष्ट्रपति नोबोआमाथि आक्रमण, नोबोआ सुरक्षित

इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ आफ्नो मोटरकाडमाथि ढुङ्गा र सम्भावित गोली प्रहार भएको छ । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शनकारीहरूले मंगलबार उनको सवारीमाथि आक्रमण गरेका थिए ।

राष्ट्रपति नोबोआ मध्य इक्वेडरमा पानी प्रशोधन संयन्त्रको उद्घाटन कार्यक्रममा सहभागी भएका बेला करिब पाँच सय प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ढुङ्गा प्रहार गरेका थिए ।

वातावरण मन्त्री इनेस मन्जानोका अनुसार राष्ट्रपतिको गाडीमा गोलीका निशानहरू भेटिएका छन् । उनले पाँच जनालाई पक्राउ गरिएको र तिनीहरूलाई आतङ्कवादको मुद्दामा कारबाही हुने बताए, जसको सजाय अधिकतम ३० वर्षसम्म हुन सक्छ ।

मन्त्री मन्जानोले भने, ‘यस प्रकारका हिंसात्मक प्रदर्शनहरू स्वीकार्य होइनन् । हामीलाई शान्तिपूर्ण विरोध चाहिएको हो ।’

सरकारद्वारा जारी गरिएको भिडियोमा प्रदर्शनकारीहरू सडकमा झण्डा बोकेर ढुङ्गा र इँटा संकलन गर्दै राष्ट्रपतिको गाडीमा प्रहार गरिरहेको देखिन्छ । भिडियोमा ‘तल झर !’ भन्ने आवाजसँगै मोटरकाड तीव्र गतिमा अघि बढेको सुन्न सकिन्छ ।

सगरमाथा नजिकै फसेका एक हजार पर्वतारोहीको सकुशल उद्धार

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब

टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै

पहिलो पटक ४ हजार डलर नाघ्यो सुन : लगानीकर्ताहरू सुरक्षित स्थानमा

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

‘इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ’ 

पश्चिम बंगालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन

पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु





























प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५९ बजे

असोज १७ पछिको विपद्मा परेर ज्यान गुमाउनको संख्या ५३ पुग्यो

काठमाडौं – यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३

सन्दीप जोरा पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको

१६ रन बनाएर आउट भए कप्तान रोहित पौडेल

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने

काठमाडौं – नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।