आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध « Khabarhub

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी र अवसरवादी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न तयार गरेको दस्तावेजमा अन्य राजनीतिक दलको पनि मूल्यांकन गरिएको छ।

पोखरेलले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएको अवधारणा(पत्रले देशको वर्तमान राजनीतिक संकट, जेन(जी आन्दोलनको समीक्षा र पार्टीको आन्तरिक लोकतान्त्रिकरणलाई मुख्य विषय बनाएको छ।

पत्रमा भदौ २३–२४ गतेका घटनालाई ‘अकल्पनीय’ र ‘सुनियोजित विध्वंस’ का रूपमा चित्रण गर्दै अन्तरिम सरकारको गठन र संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिइएको छ।

यो अवधारणा(पत्रले एमालेलाई राजनीतिक संकटबाट उकास्ने र युवा पुस्तासँग जोड्ने दिशातर्फ निर्देशित गरेको देखिन्छ। महाधिवेशनमा यसमाथि विस्तृत छलफल हुने अपेक्षा छ। तर अध्यक्ष केपी शर्मा ‌ओलीले निषेध गर्ने सम्भावना पनि बलियो छ । एमाले महाधिवेशनमा पेश गर्न तयार पारिएको अवधारणा-पत्रमा अन्य दललाई हेर्ने दृष्टिकोणबार पनि विस्तृत चर्चा गरिएको छ।

अरु पार्टीलाई ज्ञवालीको चुनौती- राम्रो र सक्षम बन्नेभए गाली होइन, कामले प्रतिस्पर्धा गर्नुस्

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले राखेका मागका बारेमा जानकारी लिएकी छन् ।

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् ।

सो क्रममा प्रसाईँले आफ्ना माग व्यक्तिगत नभई जनताको माग भएकाले गम्भीर हुन आग्रह गरेका थिए भने प्रधानमन्त्री कार्कीले मागका बारेमा पुस २ गतेसम्म आन्तरिक छलफल गरेर पुनः छलफलमा बस्ने जनाएकी थिइन् ।

छलफलपछि संयोजक प्रसाईँले आफूहरूले उठाएका मागका बारेमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले गम्भीर रुपमा लिएको र छलफल गर्ने प्रतिबद्धता आएको बताए ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ।

आज पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले उक्त कार्यक्रमबारे निर्णय गरेको हो। कार्यक्रम बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको संयुक्त आयोजनामा हुने जनाइएको छ ।

बैठकले सभाका तयारी, जिम्मेवारी र क्षेत्रगत समन्वयका विषयमा आवश्यक निर्देशन पनि दिएको छ। पार्टीका अनुसार कार्यक्रममार्फत संगठनभित्रको एकताबारे सन्देश दिने र आगामी राजनीतिक कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने योजना छ।

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

एमाले रौतहटका प्रदेश कमिटी सदस्य बद्रुदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गरेका हुन् ।

आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरु गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्‍न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ ।

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् ।

सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन् ।

बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथा पसल अगाडिको स्क्र्याब सफा गरिरहेका छन् भने भत्किएका घरका भित्ताका पर्खाल पन्छाउने र सटर निकाल्ने काम गरिरहेका छन् । सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी भग्नावशेष हटाउने र सडकको मापदण्ड छाडेर संरचना निर्माणमा स्थानीय जुटेका छन् ।

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

सङ्घीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस

दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

भालुको आक्रमणबाट दुई जना घाइते

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति.

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको छ । जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।

राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्, तर दुवै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन् ।

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

भारतीय एक नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्यो 

थाइल्यान्ड–क्याम्बोडियाबीच तिव्र सीमा विवाद : थाइल्यान्डद्वारा हवाई आक्रमण

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत


























प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ७ : ५० बजे

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण

सामुदायिक वन उपभोक्ता समूहका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट- जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध