प्रधानमन्त्रीको जवाफ- अध्यादेश संसद्मा प्रस्तुत गर्ने बेला भइसकेको छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
गत पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशबारे सोधिएको प्रश्नबारे उनले अध्यादेशलाई मत विभाजनमा लैजाने बेला नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको उल्लेख गरेका छन् । उनले अध्यादेश इफेक्टिभ रहेको पनि बताएका छन् । ओलीले अध्यादेशबारे अहिले नै बोल्ने बेला भइनसकेको पनि उल्लेख गरे ।
अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री
प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनु पर्छ : प्रधानमन्त्री
धनगढी पुगेर परराष्ट्रमन्त्रीले भनिन्- लागूऔषध दुर्व्यसनीमा नफस्नुस्, साथीको लहलहैमा नलाग्नुस्
मन्त्रालयमा आगो लागेपछि नयाँ कार्यकक्षमा सरे खानेपानीमन्त्री
जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा स्रोत आवश्यक : वनमन्त्री
एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल
अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक
‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’
उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन

जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अहिले नै सरकारमा जाने अवस्थामा नरहेको बताएका छन् ।
यादवले सत्ता गठबन्धनलाई समर्थन गरेको अवस्थामा सरकारमा जान कुनै बार्गेनिङ नगरेको पत्रकारहरूलाई बताए ।
आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर पनि उनले गरेका छन् ।
उपेन्द्र नमानेपछि आइतबार पनि कार्यसूचीमा राखिएन अध्यादेश
जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ
प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी
विश्वप्रकाशको प्रश्न- प्रचण्डसँग मिल्दा प्राकृतिक, ओलीसँग मिल्दा चाहिँ कसरी अप्राकृतिक ?
वर्षमानको माग- ०४६ यताका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन गर्दै पुनले यस्तो माग गरेका हुन् । आफूहरूबाट गल्ती भएको भए भोग्न तयार रहेको उनको भनाइ थियो ।
पुनले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठेका गिरिबन्धु टी स्टेट, यति, ओम्नी, स्वीस बैंक र कम्बोडियामा लगानी प्रकरणबारे पनि छानबिन हुनुपर्ने औँल्याए ।
पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार्नु पर्छ : बाबुराम भट्टराई
पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र
सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयो : महासचिव पोखरेल
सांसदको माग- स्थानीयको भावनाविपरीत केबलकार बनाउन हुँदैन

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको विशेष समयमा उनीहरूले धार्मिकस्थलको परम्परागत विशेषता, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुनेमा जोड दिएका हुन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले पाथीभरामा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण अघि बढाउँदा समस्या उत्पन्न भएकाले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय जनताको चाहना विपरीत केबलकार निर्माण गर्दा त्यहाँको धार्मिकस्थल विरोधस्थलका रूपमा परिणत भएको उल्लेख गरिन् ।
राष्ट्रियसभा बैठक : हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ
फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इङ्ग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो।
दुर्घटनामा चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।
कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै
चालकसहित तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो
भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो
४० जना तीर्थयात्री बोकेको बस बबईमा दुर्घटना
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
चितवनमा बस दुर्घटना, २३ जना घाइते
२० वर्ष बाजेले खोजे, २२ वर्ष आमाछोराले कुरे, प्रदेशबाट फर्किएनन् पुने धामी

भिरालो अनि पाखो जमिन, त्यसैमा सिँचाइबिनाको खेती किसानी, कडा मिहिनेत तर कम उत्पादन । जति मिहिनेत गरे पनि उत्पादनले परिवारलाई ६ महिना खान पुग्दैन ।
यो सुदूरका पहाडमा बस्ने सबै जसोको साझा समस्या र वास्तविकता हो । जुन समस्या टार्न अधिकांशले भारत धाउनु पर्ने बाध्यता छ । आफ्नो भोको पेट भर्न र परिवार पाल्न भारत (स्थानीयको भाषामा नैताल) बाहेक अर्को विकल्प छैन ।
वर्षमा ८ महिना बढी भारतमै बस्छन् । भारी बोक्नु, मजदुरी गर्नु, भाँडा माझ्नु, चौकीदारी गर्नु र गाडी धुनु उनीहरूले पाउने प्रमुख काम हुन् । त्यही कामको आम्दानी परिवार पाल्ने श्रोत हो । दशैं-तिहारको विशेष खुसी किन्न उनीहरू प्रवास बस्छन् । असार र कात्तिकको खेती दशैं र नयाँ वर्षबाहेक उनीहरू गाउँ र परिवारसँग कमै भेटिन्छन् ।
नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, देखियो ८ करोड बढी अवैध आम्दानी
ठमेलमा ड्युटीमा तैनाथ प्रहरी कुट्ने दुईजना पक्राउ, अनेरास्वियुका नेतासहित अन्यको खोजी हुँदै
अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन
पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ

ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।
काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् ।
उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए ।
यता आन्दोलनकारीले आइतबारको वार्तामा गृहमन्त्री रमेश लेखक नै उपस्थित हुनुपर्ने माग राखेका थिए ।
देवघाटको झोलुङ्गे पुल जोखिममा, स्थानीय भन्छन्- विकल्प खोज्नुपर्ने बेला आयो
‘नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्नुपर्छ’
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती गर्दै स्वास्थ्यकर्मी
महायज्ञका नाममा विजय भण्डारीले ठूटै पारे पोखराका बरपिपल, कारबाही गर्न वन कार्यालयलाई पत्र

आफूलाई बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनाउने गरेका विजय भण्डारीले पोखरामा गर्ने भनिएको महायज्ञका नाममा चौतारका बरपिपल काटिनुलाई कमजोरी भनेका छन् ।
यसअघि पोखरा महानगरपालिकाले चौतारका बरपिपल ठुटै बनाएर आफूलाई दोष लगाएको आरोप लगाउँदै आएका भण्डारीले आइतबार पत्रकार सम्मेलन गर्दै कमजोरी स्वीकारेका हुन् ।
भण्डारीले सहरको हरित सौन्दर्य बिरुप बनाउने गरी बरपिपल काटिएकोमा केही कमजोरी भएको स्वीकारे । ‘रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान तयार छौँ’, उनले भने, ‘रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने योजना छ ।’
मनाङको तिमाङ जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन
रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा
धनुषाधाम ‘विद्युत् चोरीमुक्त नगरपालिका’ घोषणा
राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्निया प्रान्तीय सरकार बीचमा कानुनी लडाइँ नै सुरु भएको छ। ट्रम्प प्रशासनले आप्रवासीलाई डिपोर्ट गर्ने निर्णय गरेपछि यसको विरुद्धमा लड्नका लागि क्यालिफोर्निया गभर्नर गेभिन न्युसमले ५० मिलियन अमेरिकी डलर खर्च गर्ने गरी हस्ताक्षर गरेका छन्।
सङ्घीय सरकारका विरुद्धमा कानुनी लडाइँ लड्न लागि २५ मिलियन अमेरिकी डलर खर्च गर्ने उनको निर्णयले टकराब बढेको हो।
यसैगरी, कानुनी समस्याको सामना गरी रहेकालाई बचाउन लागि परेका निकायलाई सहयोग गर्न अर्को २५ मिलियन अमेरिकी डलर तय गरिएको छ। पहिलो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पको क्यालिफोर्निया राज्यसँग जलवायु नियम, पानी नीति र आप्रवासी अधिकारको विषयमा तनाव भएको थियो। यसरी टकराब भएपछि क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनको विरुद्धमा सय भन्दा बढी कानुनी लडाइँ लडेको थियो।
मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु
युद्बबिरामकाबिच लेबनानमाथी इजरायली हमला, ६ जनाको मृत्यु
राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ
एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय
ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित

न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको जित हात पारेको छ। लाहोरमा शनिबार भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डले दिएको ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा समपूर्ण विकेट गुमाउँदै २५२ रनमा सीमित भएको हो।
पाकिस्तानका लागि फाकर जमानले शानदार सुरुवात दिलाउँदै ६९ बलमा ८४ रनको योगदान गरेका थिए। सल्मान आगाले ४० रन जोडे। न्युजिल्यान्डका म्याट हेन्रीले ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। माइकल सान्टनरले १० ओभरमा ४१ रन खर्चेर ३ तथा माइकल ब्रेसवेलले पनि १० ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३३० रनको योगफल खडा गरेको हो। भ्रमणकारी टोलीका लागि ग्लेल फिलिप्सले ७४ बलमा अविजित १०६ रनको योगदान गरे। सुरुमा धिमा गतिमा खेलेका उनले ४० औँ ओभर विष्फोटक ब्याटिङ गरेका थिए। उनले पहिले एक दिवसीय शतक प्रहार गर्ने क्रममा ६ चौका र ७ छक्का प्रहार गरे। अन्तिम ६ ओभरमा न्युजिल्यान्डले ९८ रन जोडेको थियो। ब्रेसवेलले पनि २३ बलमा ३१ रन जाडे।
प्रतिक्रिया